दाङ । काठमाडौंको चाबहिलबाट सुन र नगद लुटपाट गर्ने एक युवक दाङबाट पक्राउ परेका छन्। चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट गरेर भागेको आरोपमा घोराही उपमहानगरपालिका १५ रतनपुरका २४ वर्षीय राजेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
सुन र नगदसहित युवकलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभएकाे छ। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको छ।
कावासोतीको जंगलमा महिलाको कान काटेर गहना लुटपाट
सिंह सहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए। गत फागुन २५ गते लुटपाटपछि युवक लुक्नकाे लागि दाङ आएको सूचनाका आधारमा युवकको खोजि गरिएको प्रहरीले जनाएको छ।