नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयाे । उहाँकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठक बसेकाे थियाे । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका