'इतिहास शिरोमणि आचार्य'को जन्मदिनलाई 'इतिहास दिवस' घोषणा गर्न माग • Nepal's Trusted Digital Newspaper'इतिहास शिरोमणि आचार्य'को जन्मदिनलाई 'इतिहास दिवस' घोषणा गर्न माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘इतिहास शिरोमणि आचार्य’को जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

‘इतिहास शिरोमणि आचार्य’को जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
‘इतिहास शिरोमणि आचार्य’को जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं । ‘इतिहास शिरोमणि बाबुराम आचार्य’को जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।

DSC 3058 1 scaled

आचार्यको  १३५ औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभयाे।

नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेस आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन बाबुराम आचार्य र उहाँको याेगदान बिषयक गोष्ठीमा प्रा डा गोबिन्द टन्डनको २९ पेजको कार्यपत्र पुरै पढेर सुनाउनुभएकाे थियाे ।

‘इतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठान’ को पहलमा घोषणा भएको दुई लाख राशीको ‘बाबुराम आचार्य’ सगरमाथा पुरस्कारको बिषयमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रकाश पार्दै अझ मन्त्रालयले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने आफुलाई इच्छा रहेको बताउनुभएकाे थियाे ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेस आचार्यले बाबुराम आचार्यको १० लाखको रासी आँफु साँस्कृतिको सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै बाबुराम आचार्यको जन्म जयन्तीका अवसरमा फागुन २९ गतेलाई इतिहास दिवस मनाउन सरकारलाई आग्रह गर्नुभएकाे थियाे ।

बिशिष्ट अतिथी एबम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले बाबुराम आचार्य स्मृति प्रतिष्ठानले इतिहाश शिरोमणिका योगदानलाई स्मरण गराउन नेपाल प्रज्ञा प्रतिष्ठान, सस्कृति मन्त्रालयलगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर बाबुराम आचार्य संग्राहालय निर्माण, अप्रकाशित कृति प्रकाशन लगायतमा अगाडी बढ्ने बताउनुभएकाे थियाे ।

कार्यक्रममा पूर्वमन्त्री मोदनाथ प्रश्रित, प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेत, प्रज्ञा दीनेशराज पन्त, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभएकाे थियाे। ‘इतिहास शिरोमणि’को जन्म वि सं १९४४ फागुन २९ गते काठमाडौंमा भएको थियो । उहाँको निधन २०२९ भदौ २१ गते भएको थियो ।

DSC 3080 scaled DSC 3087 scaled DSC 3096 1 scaled DSC 3180 scaled DSC 3190 scaled DSC 3195 scaled IMG 20220314 181635 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका