काँग्रेस कास्की क्षेत्र नम्बर १ ले चैत्र १२ गते आमसभा गर्ने • Nepal's Trusted Digital Newspaperकाँग्रेस कास्की क्षेत्र नम्बर १ ले चैत्र १२ गते आमसभा गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काँग्रेस कास्की क्षेत्र नम्बर १ ले चैत्र १२ गते आमसभा गर्ने

काँग्रेस कास्की क्षेत्र नम्बर १ ले चैत्र १२ गते आमसभा गर्ने

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
काँग्रेस कास्की क्षेत्र नम्बर १ ले चैत्र १२ गते आमसभा गर्ने

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर वहादुर केसि र क्षेत्रीय सदस्यमा बिष्णु प्रषाद शर्मा, राजेश्याम कोईराला डिलमाया गुरुङलाई मनोनयन गरेको छ ।

बैठकले क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसिले जानकारी दिनुभयाे ।

बैठकले क्षेत्रीय पदाधीकारी सहित र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सन बहादुर गुरुङ, मोती कुमार क्षेष्ठ, गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङलाई रहनुभएकाे छ ।

कास्की क्षेत्र नम्बर १ मातहतका ३० वटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको केसिले बताउनुभयाे ।

पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत्र १२ आमसभा गर्ने निर्णय समेत गरेको सचिव केसिले बताउनुभयाे । बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी, क्षेत्री उपसभापती द्धय कृष्ण कोईराला , दुर्गा सुवेदी सचिव द्धय सरोज केसि, ओम प्रकास गुरुङ, काँग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्युपाने र मादि गाँउपालीका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० ओटै ईकाई सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई सफल बनाउन लाग्ने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका