पोखरा सभागृहचोकबाट लागूऔषधसहित १ युवक पक्राउ • Nepal's Trusted Digital Newspaperपोखरा सभागृहचोकबाट लागूऔषधसहित १ युवक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा सभागृहचोकबाट लागूऔषधसहित १ युवक पक्राउ

पोखरा सभागृहचोकबाट लागूऔषधसहित १ युवक पक्राउ

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
पोखरा सभागृहचोकबाट लागूऔषधसहित १ युवक पक्राउ

प्रल्हाद चन्द्र घिमिरे, पाेखरा, १ चैत ।  जिल्ला कास्की पोखरा महानगरपालिकाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोकबाट जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले फागुन २९ गते  युवकलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । ”पक्राउ पर्ने  युवक भारत देश मोतिहारीका  हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ सभागृह बस्ने वर्ष १९ को रोशन कुमार गुप्ता हुन् ।”

गुप्ताकाे साथबाट लागू औषध डाईजापाम-५७ एम्पुल, फेनेरागन-५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा-१७१ एम्पुल लागू औषध र मोबाईल १ थान सहित फेला पारीएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ ।

युवकलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन आठ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका