युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस • Nepal's Trusted Digital Newspaperयुक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

 

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत  निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा  मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् । सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका