अन्नपूर्ण केवलकार पर्यटकको चाहना अनुरुप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने • Nepal's Trusted Digital Newspaperअन्नपूर्ण केवलकार पर्यटकको चाहना अनुरुप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अन्नपूर्ण केवलकार पर्यटकको चाहना अनुरुप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने

अन्नपूर्ण केवलकार पर्यटकको चाहना अनुरुप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
अन्नपूर्ण केवलकार पर्यटकको चाहना अनुरुप बिहान ५ बजेबाट साँझ ६ बजेसम्म चल्ने

पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ
६ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिनुभयाे।

annapurna cablecar

बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर  रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ ।

१७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर  सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताईएको छ । कम्पनीले  नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी विधार्थीकालागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुट को व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिनुभयाे । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि  कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको बताईएकाे छ ।

कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका