सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी विरूद्ध कारवाही गर्न चलचित्र कलाकार संघकाे माग • Nepal's Trusted Digital Newspaperसिभिल सेभिङ एण्ड क्रेडिट सहकारी विरूद्ध कारवाही गर्न चलचित्र कलाकार संघकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी विरूद्ध कारवाही गर्न चलचित्र कलाकार संघकाे माग

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी विरूद्ध कारवाही गर्न चलचित्र कलाकार संघकाे माग

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी विरूद्ध कारवाही गर्न चलचित्र कलाकार संघकाे माग

काठमान्डाैँ । नेपाल चलचित्र कलाकारसंघले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि. विरूद्ध कारवाहीकाे माग गरेकाे छ । विशिष्ट चलचित्रकर्मी बशुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारी की नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक साे सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पिडित भएकाेले साे सस्था विरूद्ध कारवाहीकाे माग गरिएकाे छ ।

नेपाल चलचित्र कलाकार संघ, उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, “उक्त सहकारीमा चलचित्रकर्मी लगायत सयौं नागरिकले करौडौ रकम बचत गरेका थिए । संस्थाका संचालकहरु बिशेष गरेर इच्छाराज तामाङ लगायत बिरुद्ध रकम असुल उपर गराइ पाउँ भनि पिडितहरु कानुनी उपचारमा जानु भएको छ । यस संम्बन्धमा नेपाल सरकारले चासो दिएर पिडितहरुलाई न्याय दिलाउन र दोषी माथी कार्वाही गर्न हामी जोडदार माग गर्दछौं ।”

“सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अक्षय कोषको रकम पनि राखिएको थियो । वर्षेनी एक लाख पचाँस हजारको पुरस्कार बितरण गरिंदै आएकोमा हाल सहकारीबाट रकम नपाएकाले सो पुरस्कार वितरण कार्यलाई पनि असर परेको छ ।  मुलुकका नागरिक एंव चलचित्रकर्मी माथि परेको आर्थिक पिडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपिल गर्दछौं ।” प्रेस विज्ञाप्तीमा भनिएकाे छ ।

nepal chalchitra shang

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका