गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान, ७ गते पछि विमानस्थल खुला • Nepal's Trusted Digital Newspaperगौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान, ७ गते पछि विमानस्थल खुला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान, ७ गते पछि विमानस्थल खुला

गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान, ७ गते पछि विमानस्थल खुला

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान, ७ गते पछि विमानस्थल खुला

काठमान्डाैँ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते परीक्षण उडान गरीने भएकाे छ । नेपाल  प्राधिकरणको तयारी अनुसार १ वैशाखमा परीक्षण उडान गर्ने तयारी रहेकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण गरिने छ ।

‘हाम्रो तयारी अनुसार सम्भवतः १ वैशाखको दिन परीक्षण गर्छौं,’ उहाँले भन्नुभयाे । यसअघि एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणपछि रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत प्रकाशन सार्वजनिक भइसकेको छ । यससँगै विमानस्थल उडानयोग्य बनेको छ । १ वैशाखमा व्यवसायिक उडान गर्ने जहाजबाट परीक्षण भएपछि यो विमानस्थल व्यवसायिक संचालनका लागि खुला हुनेछ ।

१ वैशाखको परीक्षण र त्यसको प्रतिवेदन तयार भएसँगै सम्भवतः ७ वैशाखबाट विमानस्थल व्यवसायिक रुपमा सञ्चालनका लागि खुला हुने छ । त्यसपछि नियमित बाहेक आवश्यक अवस्थामा यो विमानस्थलमा उडान र अवतरण सम्भव हुनेछ ।

प्राधिकरणका अनुसार कारणवशः अहिले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसेकका हवाईजहाजले वैकल्पिक विमानस्थलको खोजीमा बंगलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानु पर्ने बाध्यता छ । ७ वैशाखपछि भने यो बाध्यता हट्नेछ ।

‘विदेशबाट आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले वैकल्पिक विमानस्थलका रुपमा स्वभाविक रुपमा गौतमबुद्ध विमानस्थल छान्नेछन्,’ देवचन्द्रलाल कर्णले भन्नुभयाे, ‘अन्य कम्पनीका जहाजले पनि आपतकालिन अवस्थामा सो दिनपछि विकल्प पाउने छन् ।’

सामान्यतया गन्तव्य विमानस्थलमा अवतरणको समस्या भएमा विकल्पमा कुन विमानस्थलमा जाने भन्ने योजना वायुसेवा कम्पनीले अगाडी नै गरेका हुन्छन् । यो अवस्थामा अब नेपाल भित्रै दोस्रो अन्तर्राष्ट्रिय सुविधासम्पन्न विमानस्थल तयार भएको छ । जसमा त्रिभुवन विमानस्थलमा जस्तै सबै सुविधा उपलब्ध रहेको छ ।

१ वैशाखमा परीक्षण उडान गर्ने तयारी अनुसार विमानस्थलमा खटिने सबै सरोकारवाला संयन्त्रले आफ्नो तयारी गरिरहेको प्राधिकरणको भनाइ छ । विमानस्थल भित्र प्राधिकरणमात्र नभई अनेक संयन्त्र संक्रिय हुन्छन् । यसमा सेना, प्रहरी, आयल निगम, भन्सार, अध्यागमन, ग्राउण्ड ह्याण्डिलिङ सेवा, वायुसेवा कम्पनीसहित थुप्रै निकायले समानान्तर रुपमा काम गर्नुपर्छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका