गौतमबुद्ध विमानस्थलबाट २ जेठदेखि जजिरा एयरवेजले दैनिक एक उडान गर्ने • Nepal's Trusted Digital Newspaperगौतमबुद्ध विमानस्थलबाट २ जेठदेखि जजिरा एयरवेजले दैनिक एक उडान गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गौतमबुद्ध विमानस्थलबाट २ जेठदेखि जजिरा एयरवेजले दैनिक एक उडान गर्ने

गौतमबुद्ध विमानस्थलबाट २ जेठदेखि जजिरा एयरवेजले दैनिक एक उडान गर्ने

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
गौतमबुद्ध विमानस्थलबाट २ जेठदेखि जजिरा एयरवेजले दैनिक एक उडान गर्ने

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।

‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको छ’ कर्णले भन्नुभयाे । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरेको छ । जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा प्राधिकरणका अधिकारीहरुको छ । सरकारले बुद्ध पूर्णिमाको दिन (२ जेठ) पारेर यो विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा यसअघि नै गरेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका