काठमान्डाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार ३०० रुपैयाँमा बजारमा काराेबारमा आएको छ। सुनकाे मुल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला रु एक लाख दुई हजार ३०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।