होमस्टे महासंघ नेपाल गण्डकीकाे दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न • Nepal's Trusted Digital Newspaperहोमस्टे महासंघ नेपाल गण्डकीकाे दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • होमस्टे महासंघ नेपाल गण्डकीकाे दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न

होमस्टे महासंघ नेपाल गण्डकीकाे दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
होमस्टे महासंघ नेपाल गण्डकीकाे दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न

तनहुँ । होमस्टे (घरवास)महासंघ नेपाल, गण्डकी प्रदेशको दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ”प्रवृति संस्कृति नेपालकाे पहिचान, समृद्ध मुलुक निर्माण” हाेमस्टेकाे अभियान सहित शनिवार (बिमलनगर सामुदायिक होमस्टे) बन्दिपुर-४, बिमलनगर, तनहुँमा गण्डकी प्रदेशको दोस्रो होमस्टे सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न भएकाे हाे ।

275463790 550380879467739 745813138668723910 n

बिमलनगर सामुदायिक होमस्टे बन्दिपुर-४,  तनहुँमा आयोजित  सम्मेलन एवं कार्यशाला गोष्ठी  कार्यक्रम होमस्टे (घरवास) महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएकाे थियाे ।

275211963 352952520047805 494875464992538471 n

उक्त कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका उद्योग, पर्यटन,वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री श्री मणी भद्र शर्मा कँडेल, विशेष अतिथी HOFEN केन्द्रीय अध्यक्ष केशव वडाल, कावासाेति नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया थारू , केन्द्रीय उपाध्यक्ष सारादा आचार्य, वन्दीपुर गाउँपालिकाका उपमेयर करूणा गरूङ्ग, कृषि बिकास बैक (डुम्रे शाखा) का प्रबन्ध निर्देशक पुरूषोत्तम पराजुलीकाे उपस्थिति थियाे ।

उक्त कार्यक्रममा मनाङ्ग,मूस्ताङ्ग देखि नवलपूर सम्मका सहभागी प्रतिनिधीहरुलाई उद्घाटन समारोहमा राजु बानियाले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साथै उद्घाटन सत्रमा बोल्दै HOFEN केन्द्रीय अध्यक्ष केशव वडाल, महासचिव  कावासोति नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया थारू, केन्द्रीय उपाध्यक्ष सारादा आचार्य, वन्दीपुर गा. पा. उपमेयर करूणा गरूङ्ग कृषि बिकास बैक (डुम्रे शाखा) का प्रबन्ध निर्देशक पुरूषोत्तम पराजुली लगायतले आ-आफ्नाे  मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथी गण्डकी प्रदेशका उद्योग,पर्यटन,वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री मणी भद्र शर्मा कँडेलले होमस्टेले दिने आर्थिक उन्नतिको निम्ति निकै बलियो र मजबुत कार्यशिला प्रयोग गरेको बताउनुभयो साथै दर्ता प्रक्रियामा भएका दुःख लाई मन्त्रालयले निकै नजिक देखि नियाली रहेको र त्यसका निम्ति ठूला योजनामा मन्त्रालय रहेको पनि बताउनुभएकाे थियाे। उहाँले होमस्टे घरबास महासंघ नेपाल गण्डकी प्रदेश लाई मन्त्रालयबाट हुने र गर्न मिल्ने सम्म सहजीकरण गरी सम्पूर्ण कामहरु सहज रुपमा कार्य सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे थियाे ।

उद्घाटन समारोहलाई सम्पन्न गर्दै होमस्टे(घरबास)महासंघ नेपाल,गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले कार्यक्रम सम्पन्न गर्नका निम्ति सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक विनम्रतापूर्वक नमन व्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभएकाे थियाे। कार्यक्रम संचालन कृण्ण प्रसाद तिमिल्सिनाले गर्नु भएको थियो ।

होमस्टे(घरवास)महासंघ नेपाल,गण्डकी प्रदेश नयाँ कार्यसमितिमा अध्यक्ष- धनी राम गुराैं, उपाध्यक्ष- मोहन खनाल, सचिब – कृण्ण प्रसाद तिमिल्सिना, कोषाध्यक्ष – मुना थापा, सदस्यहरूमा – सागर आचार्य, बलराम तिमिल्सिना, विश्वराज पराजुली, झलश्री गुरुङ ,याम बहादुर गुरूङ्ग , मन्जु गुरुङ्ग, पूनम गुरुङ्ग, पदम ब. गुरुङ्ग, पदम राज लामीछाने, प्रेम गुरूङ्ग , राज कुमार गुरूङ्ग, कोमल थापा , निरज थकाली, शेष कुमारी घले, बेल कांसी गुरुङ्ग, मिनु घले, देउबहादुर गुरुङ्ग, सिता थापा , गोपाल श्रिष, भिम गुरूङ्ग, डिल्ली राज पौडेल, शान्ती कुँवर, माया सुनार , देउन्ती महतो, भेषराज महतो, सिता थापा, इन्द्रकुमारी गुरूङ्ग ३१ सदस्य चयन हुनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका