'प्रकाश सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुपर्ने जस्तो लाग्दैन': दाहाल • Nepal's Trusted Digital Newspaper'प्रकाश सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुपर्ने जस्तो लाग्दैन': दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रकाश सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुपर्ने जस्तो लाग्दैन’: दाहाल

‘प्रकाश सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुपर्ने जस्तो लाग्दैन’: दाहाल

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
‘प्रकाश सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुपर्ने जस्तो लाग्दैन’: दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताउनुभएकाे छ ।

कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताउनुभएकाे हाे ।

दाहालले भन्नुभयाे, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उहाँले भन्नुभयाे, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गर्नुभयाे । उहाँले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताउनुभयाे ।

पुष्पकमल दाहालले भन्नुभयाे,  ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । ‘त्यसका धेरै आयामहरु छन्।’ ‘धेरै पक्ष छन्, धेरै मर्महरु छन्।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका