स्याङ्गजा फेदीखोलामा १५ शैयाको अस्पताल,पृथ्वीसुब्बा गुरुङद्धारा अस्पतालकाे शिलान्यास • Nepal's Trusted Digital Newspaperस्याङ्गजा फेदीखोलामा १५ शैयाको अस्पताल,पृथ्वीसुब्बा गुरुङद्धारा अस्पतालकाे शिलान्यास • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजा फेदीखोलामा १५ शैयाको अस्पताल,पृथ्वीसुब्बा गुरुङद्धारा अस्पतालकाे शिलान्यास

स्याङ्गजा फेदीखोलामा १५ शैयाको अस्पताल,पृथ्वीसुब्बा गुरुङद्धारा अस्पतालकाे शिलान्यास

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
स्याङ्गजा फेदीखोलामा १५ शैयाको अस्पताल,पृथ्वीसुब्बा गुरुङद्धारा अस्पतालकाे शिलान्यास
photo source:-phedikhola gaunpalika syangja

“स्याङ्जाको फेदीखोलामा १५ शैयाको अस्पताल”

स्याङ्गजा । स्याङ्गजा जिल्लाको फेदीखोला गाउँपालिकामा १५ शैयाको अस्पताल संचालनमा आउने भएको छ । फेदीखोला गाउँपालिकाका बासिन्दालाई स्वास्थ्यमा समस्या आउँदा धाएर पाेखरानै पुग्नुपर्ने झन्झट र समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले १५ शैयाको अस्पताल संचालनमा ल्याउने भएकाे हाे ।

सिद्धार्थराजमार्गमा रहेकाे फेदीखोला गाउँपालिका निकासकाे हिसावले अगाडि रहेपनि फेदीखोला गाउँपालिकामा अस्पताल नभएकाे हुदाँ स्वास्थ्य विकासमा भने  गाउँपालिका पछाडि रहेकाे कुरा  सबैकाे मनमा खड्कीदै आएकाे थियाे ।

अब अस्पताल  संचालनमा आउने भएपछि स्वास्थ्यका हिसावले पनि फेदीखोला गाउँपालिकाकाे विकास हुने भएकाे छ । फेदीखोला गाउँपालिकामा ठूलाे अस्पताल नभएपनि साना स्वास्थ्य चाैकीहरूबाट भने गाउँपालिकाका बासिन्दाले सुविधा लिरहनुभएकाे छ ।

group

आइतबार फेदीखोला गाउँपालिका वडा न. १ र ४ स्थित रहेकाे लामिटारी, सर्केटारीमा अवस्थित निर्माणको चरणमा रहेको १५ शैया अस्पतालकाे शिलान्यास भएकाे छ । निर्माणको चरणमा रहेको उक्तअस्पतालकाे गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको हाे ।

shilanyas silanyas2

आइतबार १५ शैयाको अस्पताल शिलान्यास मात्र नभई प्रदेश सरकार र गाउँपालिकाको साझेदारी लागतमा निर्माण सम्पन्न भएको फेदीखोला गाउँपालिका वडा न. २ मा रहेकाे बहुउद्देश्यीय सभाहल र फेदीखोला र स्थानचौर जोड्ने मोटरेबल पुलको समेत उद्घाटन भएकाे छ ।

gurun2 gurung 1

pull udghatan

उक्त सभाहल र मोटरेबल पुल उद्घाटन कार्यक्रममा स्याङ्जा जिल्ला प्रदेश सभा सदस्य माननिय मिनप्रसाद गुरुङको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले, “कम्युनिष्टको सरकार हुदाँ नै ‘एक पालिका, एक आधारभूत अस्पताल निर्माणको अभियान सुरु गरेको बताउनुभयाे ।” उहाँले भन्नुभयाे, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जनताको सहज पहुँच पुर्याउनु पर्दछ, भन्ने अवधारणा हामीले शुरुवात गरेका हौँ ।”

 

devi thapa 1

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।  संबिधान सभा सदस्य माननिय हितकाजी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जा कमिटि अध्यक्ष सुर्य प्रसाद गैर्य (पारस), फेदीखोला गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत, पालिका स्थित सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित जनप्रतिनिधि, उक्त अस्पताल निर्माणार्थ जग्गा उपलब्ध गराउनेहुने सम्पूर्ण जग्गादाता, प्रेश चौतारी स्याङ्जाका अध्यक्ष एवं नेपाल टेलिभिजन स्याङ्जाका संवाददाता, समाजसेवी एवं शितला मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै पालिका स्थित विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत प्र.अ. एवं प्रतिनिधि, पालिका अन्तर्गत विभिन्न पार्टीका पार्टी प्रतिनिधी, गाउँपालिका कार्यालय स्थित विभिन्न विषयगत शाखाका शाखा प्रमुख, सिद्धार्थ मा.वि. का स्काउट समूह, बुद्धिजीवी, प्रहरी प्रशासन लगायतको  वृहत उपस्थित रहेको थियो ।

ud

sbha scaut

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष घनश्याम सुबेदीले यो अस्पताल सपन्न भएर संचालन हुदै गर्दा फेदीखोलाका बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताउनु भएकाे थियाे । अध्यक्ष सुबेदीले भन्नुभयाे, ‘मासिक रुपमा घरघरमा गएर जेष्ठनागरिकहरुको स्वास्थ्य स्याहार एवं वृहत नागरिक स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको पालिकामा अब विभिन्न प्रकृतिका रोगहरुको २ वर्ष भित्र पालिकामा नै परिक्षण एवं सफल उपचार गर्न सकिने बताउनुभयाे ।”

ghanshyam

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदिको अध्यक्षता १५ शैयाको अस्पताल शिलान्यास, सभाहल र मोटरेबल पुल उद्घाटन   सम्पन्न कार्यक्रमको संचालन लेखा अधिकृत एवं सूचना अधिकारि टिकाराम सुबेदीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न आमा समुहहरूले आफ्नाे  समुह पाेषाकमा उपस्थित भएर,  बाँजागाँजा ठाेलीले बाँजा बजाएर अथितिकाे स्वागत गर्नुभएकाे थियाे ।

karebaja 1 baja2 baja3

silanyash2 swagat

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका