कस्ताे छ आजकाे माैसम ? • Nepal's Trusted Digital Newspaperकस्ताे छ आजकाे माैसम ? • Nepal's Trusted Digital Newspaper

कस्ताे छ आजकाे माैसम ?

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
कस्ताे छ आजकाे माैसम ?

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका