६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ ।  मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ९१७ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका