लायन्स क्लब पोखरा नर्थद्धारा धितालमा रहेकाे भुमेश्वर विद्यालयमा कापी कलम वितरण • Nepal's Trusted Digital Newspaperलायन्स क्लब पोखरा नर्थद्धारा धितालमा रहेकाे भुमेश्वर विद्यालयमा कापी कलम वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लायन्स क्लब पोखरा नर्थद्धारा धितालमा रहेकाे भुमेश्वर विद्यालयमा कापी कलम वितरण

लायन्स क्लब पोखरा नर्थद्धारा धितालमा रहेकाे भुमेश्वर विद्यालयमा कापी कलम वितरण

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
लायन्स क्लब पोखरा नर्थद्धारा धितालमा रहेकाे भुमेश्वर विद्यालयमा कापी कलम वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा नर्थले अस्ताम  रहेको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ । माछापुच्छे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिनुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज पौडेल, जयराम तिमिल्सिना, इन्द्रप्रसाद सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, विद्यालयका प्रध्यानाध्यापक कुलानन्द अधिकारीलाई कापी कलम हस्तान्तण गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै जोन चियरपर्सन केशवशरण पौडेलले क्लबले कापी कलम वितरण गरेर विद्यार्थीलाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयाे ।

लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, समाजसेवी पूर्व अध्यक्ष विश्वराज अधिकारी, मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, शिक्षक भेषराज बास्तोला, सचिव हरिप्रसाद त्रिपाठीले बोल्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका