श्री ताल बाराही भगवती मन्दिरको ‘इतिवृती’ पुस्तक लोकार्पण • Nepal's Trusted Digital Newspaperश्री ताल बाराही भगवती मन्दिरको ‘इतिवृती’ पुस्तक लोकार्पण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • श्री ताल बाराही भगवती मन्दिरको ‘इतिवृती’ पुस्तक लोकार्पण

श्री ताल बाराही भगवती मन्दिरको ‘इतिवृती’ पुस्तक लोकार्पण

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
श्री ताल बाराही भगवती मन्दिरको ‘इतिवृती’ पुस्तक लोकार्पण

पोखरा । पोखरा महानगर पालिका वडा न ६ मा अवस्थित श्री ताल बाराही भगवती मन्दिरको पुस्तक “श्री तालबाराही मन्दिर इतिवृती” लोकार्पण आइतबार गरिएको छ । ताल बाराही भगबती मन्दिर र पोखराका अन्य शक्तिपिठहरुको बारेमा जानकारी मुलक पुस्तक ‘इतिवृती’ को गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले लोकार्पण गरेका हुन ।

सासंद पहारीले सो पुस्तकको लोकार्पण गर्दै मन्दिर देवस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको रेखदेख र मर्मत सम्भार राष्ट्रले उचित व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।

पहारीले तालको बिचमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ भन्दै पोखराको गहना रुपमा रहेको भगवतीको मन्दिरलाई संरक्षणमा हामी सवै लाग्नु पर्नेमा जोड दिनुभयाे । सासंद पहारीले मठ मन्दिर ,गुम्बा र धार्मिक पर्यटकीय संस्कृतिहरुको विकास र सम्बर्द्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिदैँ प्रदेशमा साँस्कृर्तिक विकास र जगेर्नाको काम अझ ब्यवस्थित गर्ने आग्रह गर्नुभयाे । उहाँले पर्यटकहरुको बसाइ लम्व्याउनका लागि यस्ता पर्यटकी धार्मिक स्थलहरु निर्माणमा ध्यान दिन र संरक्षणमा सक्रियता पूर्वक लाग्न युवा पुस्ताको महत्वपूर्ण भुमिका रहने बताउनुभयाे ।

संस्थाका कोषअध्यक्ष तथा लेखक प्रेमराज पहारीले मन्दिरको बारेमा जान्न र बुझ्न चाहने जिज्ञासुहरुलाई दिन सक्ने एकिकृत जानकारी मूलक दस्तावेजको आवश्यकता महशुस गरि तालबाराही मन्दिरको ‘इतिवृती’ नामक पुस्तक प्रकाशनमा ल्याएको सुनाउनुभयाे । पुस्तकले हाल सम्म
प्रकाशनमा नआएका कुराहरुलाई प्रकाशनमा ल्याउनु र जिज्ञासुहरुको जिज्ञासा मेटाउनेमा आफु विश्वस्त रहेको बताउनुभयाे ।

श्री ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले प्रकाशनमा ल्याएको पुस्तकको प्रधान सम्पादकमा प्रेमराज पहारी र सम्पादकहरुमा प्रशुराम पहारी र धुव्रराज बराल रहनुभएकाे छ । कार्यवाहक अध्यक्ष प्रशुराम शर्मा पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा दितिय
उपाध्यक्ष जुना अधिकारी सचिब धुव्रराज बराल,पूर्व सल्लाहकारहरु चुडामणी पहारी, होमबहादुर लामिछाने, तोप बहादुर अधिकारी बैदाम सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई वडा सदस्य पुष्पा घले पहारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै हिन्दू
धर्म एवं संस्कृतिको संरक्षण तथा संम्वद्धनमा लाग्न जोड दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका