गायक विजय र गायिका निशाको ‘पिपलु’ सार्वजनिक(भिडियो सहित ) • Nepal's Trusted Digital Newspaperगायक विजय र गायिका निशाको ‘पिपलु’ सार्वजनिक(भिडियो सहित ) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक विजय र गायिका निशाको ‘पिपलु’ सार्वजनिक(भिडियो सहित )

गायक विजय र गायिका निशाको ‘पिपलु’ सार्वजनिक(भिडियो सहित )

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
गायक विजय र गायिका निशाको ‘पिपलु’ सार्वजनिक(भिडियो सहित )

पोखरा । लोक तथा दोहोरी गायक विजय केसी र गायिका निशा केसीको लोक दोहोरी गीत ‘पिपलु’सार्वजनिक भएको छ ।
माया प्रेमको भाव समावेश गरिएको दोहोरी गित यही शुक्रबार शिव हमाल यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । शिव हमालले शब्द संगित सिर्जना गरेको गितमा विजय केसी र निशा केसीले स्वर दिनुभएकाे छ ।

सार्वजनिक लोकदोहोरी गीत ‘पिपलु’मौलिक विषयवस्तुमा लोक पारखीहरुका लागि विल्कुलै फरकपन दिने प्रयास गरिएको गायक केसीले बताउनुभएकाे छ । तत्कालिन लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी अञ्चलका कोषाध्यक्ष समेत रहेका केसीले दर्शक, श्रोतालाई मन पर्नेमा आफू विश्वस्त रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो गित मायाप्रेममा आधारित मौलिक विषय वस्तुमा तयार पारिएको छ, दर्शक श्रोताले मन पराउनेमा म विश्वस्त छु ।’

यस्तै गायिका निशा केसीले दर्शक श्रोताले गितमा मौलिकता भित्र पनि फरकपन पाउने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘लोक गीत सुन्ने श्रोताले मौलिक विषयवस्तुमा पनि फरकपन पाउनु हुनेछ, त्यसका साथै गीत रमाइलो विषयवस्तुमा छ । दर्शक श्रोतालाई फरकपन दिनका लागि हामीले मिहिनेत पनि कडा गरेका छौं , सोहीअनुसार मन पराईदिनुहुनेछ  यसमा म आशावादी छु ।’

आधा दर्जन बढी गितमा स्वर दिनुभएकी गायिका केसी ‘मोना अष्ट्रेलिया’मा पनि आवद्ध हुनुहुन्छ । गीतका गायक–गायिका हाल वैदेशिक रोजगारीका सिलसिलामा अष्ट्रेलियामा रहदै आउँनुभएकाे छ ।

काठमान्डाैँ लगायतका स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र विना राउत लगायतको अभिनय रहेको छ । यसको निर्देशन मौसम हिमालीले गर्नुभएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका