राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन • Nepal's Trusted Digital Newspaperराप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिईरहेको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु गठन भईरहेका छन् ।

यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिबक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिती गठन भएको छ भने शेरचनको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।

यसैगरि धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिती राप्रपा नेपालमा समाहित भएको छ । लोसपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाउनुभएकाे छ । हिजो मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।

जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युबा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गर्नुभएकाे छ । केही दिन भित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रिय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका