प्रकाश सपूतको ‘पिर’ सँग डराएको माओवादी • Nepal's Trusted Digital Newspaperप्रकाश सपूतको ‘पिर’ सँग डराएको माओवादी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रकाश सपूतको ‘पिर’ सँग डराएको माओवादी

प्रकाश सपूतको ‘पिर’ सँग डराएको माओवादी

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
प्रकाश सपूतको ‘पिर’ सँग डराएको माओवादी

 

गीतको भाषा हुँदैन, न सीमा नै । सर्जकले आफूलाई कहाँसम्म राखेर सृजना गर्न सक्छ भन्ने कुरा उसको सृजनाको श्वासले बोल्दछ । परिवर्तनको नाममा गीत बने, जो आज पनि सुन्दा आनन्द आउँछ । तर परिवर्तन सम्झदा के आउँछ मनमा ? यसको जवाफ कोसँग हुन सक्छ ?
प्रकाश सपूतले एक गीत ल्याए । सामाजिक सञ्जालमा तरङ्ग नै आयो । सबैले आफ्नो आफ्नो तरिकाले विश्लेषण गरे । गीतले माओवादीको प्रकाश छर्लङ्ग पारिदिएको छ । सत्ता डगमगाएको छ । त्यसो त सत्ता प्राय डराइरहन्छ सर्जकसँग । जस्तोः युगकवि युद्धप्रसाद मिश्रको “रक्तत्रान्तिको ज्वालामुखीमा”, जे पापीको “ सेता सेता कपडामा काला काला मान्छेहरु”, पशुपति शर्माको “लुट्नसके लुट कान्छा” र अहिले प्रकाश सपूतको “पीर” नामक गीतसँग सत्ता डराएको छ ।

माओवादीबाहेक अरूले भने यो गीत यथार्थमा आधारित भएकाले माओवादी आक्रोशित हुनुको कुनै अर्थ नभएको देखिन्छ ।
माओवादी सशस्त्र युद्धमा सहभागी भएका तर पछिल्लो समय माओवादी त्यागेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ती मान्नुपर्ने कुनै विषय नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ती मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ? कलिलैमा माओवादी सेनामा भर्ती भएका र सेना समायोजनका बेला बहिगर्मनमा परेका बहिर्गमित बाल सैनिक संगठनका प्रमुख लेनिन बिष्टले यो गीतले सशस्त्र युद्धमा होमिएका योद्धाहरूको वास्तविकता दर्शाएको बताएका छन् ।

त्यसो त गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ । केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन् । चुनाव नजिकिएको बेला माओवादी पार्टीको विरोध गरेको भनेर केहीले यसको विरोध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन् । माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका