काठमान्डाैँ । पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने कोरोना भाइरस संक्रमणबाट आज कनै व्यक्तिकाे पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८२४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ५० जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनाकाे काेराेनाकाे नमुना परिक्षण भएकाे छ ।