पोखरा । नेपाल विद्यार्थि संघ, पोखरा महानगरपालिका वडा नंं. ६ बैदामको सभापतिमा विष्णु पहारी पुन चयन हुनुभएकाे छ । शनिबार सम्पन्न भएकाे नेपाल विद्यार्थि संघको अधिवेशनले ३१ सदस्य नयाँ कार्यसमिति सहित पहारीलाई सर्वसम्मत सभापतिमा चयन गरेको छ ।
नवनिर्वाचित सभापति पहारीले बैदाममा रहेका सबै विद्यार्थिहरुलाइ गोलवन्द गरी उहाँहरुको सल्लाह सुझाबलाई आन्मसात गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएकाे छ । उहाँले विगतका तुलनामा नेपाल विद्यार्थि संघ प्रति विद्यार्थिहरुको जनलहर बढ्दै गएको स्पष्ट पार्नुभएकाे छ । बैदाम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थिहरुलाई गोलबद्ध गरि उहाँहरुको शिक्षाको स्तर वृद्धि गरि गरिब तथा
जेहेन्दार विद्यार्थिहरुलाई सक्दो आर्थिक सहयोग गर्ने संघको उदेश्य रहेको पहारीले सुनाउनुभयाे ।
सघं उपसभापतिमा अजय बराल र नवराज सुनार, सचिवमा शविना अधिकारी र समिन पौडेल कोषाअध्यक्ष सुबिक्षा थापा सकोषाअध्यक्ष रौसिला तामाङ सहसचिवमा सुभाष भट्टराई र पुष्पा भट्टराई चयन भएका छन् । यसैगरी संघको कार्यसमिति सदस्यमा संयोग पहारी, धुव्र ठाकुर, आदेश बराल, रोहन लामिछाने,सुवर्ण केसी, विजय अधिकारी, निमेश पहारी, सम्राट थापा, विष्णु सुनार, पवन केसी, शिव सुबेदी, निमेश पहारी, श्रीश्यन पहारी, अनिल न्यौपाने, सुमन पहारी, साकार कुवँर, अशिष तमाङ,सुचित पुन, सुशान्त सुवेदी, विबेक भन्डारी, कुन्सन ठोकार र आयुष पहारी रहनुभएकाे छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की काँग्रेसका स.सचिब तथा प्रतिनिधि शंकर ढुङ्गानाले नेविसघंको नितिनै पार्टी मजबुद बनाउने रहेकाले संगठनलाई सकृय बनाउने योजनामा लाग्नु पर्ने जोड दिनुभयाे । उहाँले टोल र क्षेत्रमा नेपाल विद्यार्थि सघं मार्फत नै
पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउन आवश्यक रहेको बताउनुभयाे ।
पार्टीको मेरुदण्ड नै सघं भएको बताउँदै, आगामि बैशाख ३० गते हुने स्थानिय चुनावको तयारीको लागि वडावडामा सबैले नेविसघं समिति गठन गर्नेु पर्ने, जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसले गरेका कामको जानकारी हुने उहाँको को भनाई थियो । पोखरा महानगरपालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले नेपाली काँग्रेसको महत्वपूर्ण अगं भनेकै नेविसंघ भएकोले पार्टी मजबुद बनाउन नेपाल विद्यार्थि सघंलाई सक्रिय बनाउनुपर्ने कुरामा जोड दिनुभयाे ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हिरा भट्टराईले नेपाल विद्यार्थि संघले नेपालि काँग्रेस पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउनेमा आँफु विश्वस्त रहेको सुनाउनुभयाे । नेपाली काँग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै भातृ संगठनहरु सक्रिय हुनुपर्ने बताउनुभयाे । उहाँले चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन संघको सहयोग महत्वपूर्ण रहने हुदाँ, नेपाल विद्यार्थि संघलाई सधै सक्रिय रहन आग्रह गर्नुभयाे ।
संघका सभापति विष्णु पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा सचिब सन्देश दहाल, नेपाली काँग्रेस पूर्व इकाइ सभापतिहरु नेत्रपाणी न्यौपाने, लक्ष्मी बहादुर भट्टराई, दिपकविर कुवँर, बलराम गिरि, पोखरा बिश्वविद्यालय नेविसंघ सभापति डिभान भुजेल, जिल्ला प्रतिनिधि शोभाचन्द्र बराल, गिरिजा प्रसाद टोल सभापति गुरुदत्त कोइराला र विद्यार्थि नेता अस्मित कार्की लगाएतका बक्ताहरुले नेविसंघले नेपाली काँग्रेस पाटि भित्र भएका बिकृति र विसंगति जस्ता गतिबिधिलाई अन्त्य गर्नेकालागि नेपाल विद्यार्थि संघलाई खबरदारी गर्ने आग्रह गर्नुभयाे ।