चितवन । चितवनको इच्छाकामना गाउँपालिका -२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घट्ना स्थलमा मृत्यु भएको छ । शुक्रबार साँझ पाँच बजे इच्छाकामना २ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००२ प ५९८६ नं को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उहाँका पाँच वर्षका छोरा आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । प्रहरी जानकारी दिएकाे छ ।