रोटरी क्लब अफ पोखरा लेकसाइडको मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित • Nepal's Trusted Digital Newspaperरोटरी क्लब अफ पोखरा लेकसाइडको मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रोटरी क्लब अफ पोखरा लेकसाइडको मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित

रोटरी क्लब अफ पोखरा लेकसाइडको मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित

  • समाचारपाटी
  • शनिबार, फाल्गुन २८, २०७८
रोटरी क्लब अफ पोखरा लेकसाइडको मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आयोजना गरेको निःशुल्क मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित भएका छन् ।

विश्व मिर्गौला दिवस अवसरमा मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम भएको हो । जेसिना फाउण्डेसनको प्राविधिक सहयोग रहेको शिविरमा मिर्गौला परीक्षण अलावा मुटु, फोक्सो, मधुमेह, रगत लगायतको परीक्षण गरिएको क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले जानकारी दिनुभयाे । शिविरका सहभागीले रोटरीले गरेको कार्यक्रमको उच्च प्रशंसा गरेका थिए ।

sibir 2

शिविरमा मिर्गौला रोग विशेषज्ञ डा. क्लारा लगायतको टिमले स्वास्थ्य जाँच गरेको थियो । शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले मिर्गौला स्वस्थ राख्न खानपिन तथा आहारविहारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयाे । रोग लागिसकेपछि उपचारमा ठूलो रकम खर्चिनुभन्दा बेलैमा सतर्कता अपाउनुपर्ने बताउनुभयाे ।

शिविरमा मिर्गौला रोग विशेषज्ञ डा. क्लाराले प्रत्येक १० जनामध्ये एकमा मिर्गौला रोग समस्या रहेको हुँदा वर्षको एकपटक परीक्षण गर्नुपर्ने सुझाव दिइन् ।

क्लब अध्यक्ष हुम आलेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, रोटरी क्लबका एसिस्टेन गभर्नर सन्तोष पोखरेल, जिएसआर विनोद कोइराला, कार्यक्रम संयोजक कृष्ण थापा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, क्लब सचिव राजन कुमाल लगायतले बोलेका थिए ।

रोटरी क्लब अफ पोखरा लेकसाइडले रोटरी किड्नी केयर निर्माणको लागि हालसम्म ३५ लाख बराबरको प्रारम्भिक पूर्वाधार निर्माण गरिसकेको छ । कुल ६ करोड लागतमा निर्माण किड्नी केयर सेन्टरको डिपिआर तयारी हुँदै गरेको सेन्टरका सचिव मीन गुरुङले जानकारी दिनुभयाे । ३ रोपनी ४ आना जग्गामा १ वर्षभित्र बन्ने सो सेन्टरमा पहिलो चरणमा २० वटा डायलोसिस मेसिन जडान गरी सेवा दिइने किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले बताउनुभयाे ।

 

sibir 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका