गण्डकी प्रदेशबाट २५ खेलाडी छनोट
पोखरा। गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडल सहित कास्की जिल्ला प्रथम भएको छ । ४ गोल्ड मेडल सहित म्याग्दी दोश्रो र ४ गोल्ड मेडल सहित पर्वत तेस्राे भएको हो । पोखरामा शुक्रबार सम्पन्न प्रतियोगीतामा कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल पाएका थिए ।
पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन ।
छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के. जि. समुह तर्फ मन्दिप सुनार,५८ के. जि.मा पर्वतका सुरज कडेल र ६३ के. जि.मा पर्वतकै प्रकास माझी रहनुभएकाे छ , भने ६८ के. जि.मा कास्कीका हेमन गुरुङ हुनुहुन्छ । त्यसै गरी ७४ के. जि. समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के. जि. समुहमा कास्की सकील लामगादे र ८७ के. जि. मा निरज नेपाली र ८७ के. जि. मै पर्वतका सुजन रोक्का रहनुभएकाे छ ।
त्यसै गरी पुरुष जुनियर तर्फ ४८ के जि समुहमा म्याग्दीका दिपेस पुर्जा, ५५के जि समुहमा कास्कीका सुजन गुरुङ, ६३ के जि समुहमा तनहुँका राजन परियार हुनुहुन्छ भन्ने नवलपुरका मनिष महत्तो र नवलपुरकै सुरेश जेडिमगर ७८ के.जि. समुहमा विजयी हुनुभएकाे छ ।
त्यसै गरी महिला सिनियर तर्फ ४६ के. जि. समुहमा म्याग्दीका इशा गर्बुजा, ४९के. जि.मा कास्कीका सरिता बयलकोटी, ५३ के जि समुहमा मनालिसा मल्ल, ५७ केजिमा अन्जना परियार, ६२ के. जि. समुहमा पार्वती श्रेष्ठ, ६७ के. जि. समुहमा पर्वतका स्मृती नेपाली र ७३ के जिमा म्याग्दीकी ममता गर्वुजा रहनुभएकाे छ ।
महिला जुनियर तर्फको ४४ के. जि. मुनि गोरर्खाकी आकृती क्षेष्ठ ,४९ के. जि.मा कास्कीकै अनिसा परियार ५५के.जि. र सदिक्षा सुनार ६३ केजिमा छनोट हुनुभएकाे छ भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ के जि र ६८ के जि मा ग्रिन गुरुङ छनोट हुनुभएकाे छ ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकुदको संस्थागत बिकासका लागी मन्त्रालय खेलाडी सँग रहेको बताउनुभयाे ।
खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले व्यवसायी खेलाडी उत्पादन गर्नेमा जोड दिनुभएकाे थियाे । संस्थाका अध्यक्ष जगन बहादुर गुरुङले बासिलोना लोलम्पियन १९९२ लाई संस्थाको तर्फ बाट सम्मान गर्नु भयो ।