लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ तालचाेकमा रहेको डायमण्ड मावि मा डायमण्ड प्रतिभा खोज कार्यक्रम सम्पन्न भएको छ । विगत दुई बर्ष बाट कोरोनाको कारण विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्तुतका कार्यक्रम गर्न सकेकाे थिएन ।
अहिले कोरोनाको प्रकोप केहि कमि भएको अवस्थामा फागुन २७ गते प्रतिभा खोज कार्यक्रम गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङले जानकारी दिनुभएको छ ।
कक्षा १ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुको दुई समूहमा कार्यक्रम गरिएको थियो । कक्षा ११ र १२ को विहान को समय र कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा दिवा समयमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिनुभएको हाे ।
गायन, नृत्य, बिट बक्स, चित्रकला लगाएतका विभिन्न समूहमा प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरुमा पढाईको अलवा विभिन्न प्रतिभाको खानी नै रहेको र उनिहरुको प्रतिभालाई विद्यालयले मात्र मल जल गरेको र आगामि दिनमा विद्यार्थीहरुले यहि प्रतिभा र पढाईको माध्यमबाट आफु अनि विद्यालयको नाम लाई समेत देश विदेशमा फैलाउन सफल हुने कुरामा आफु ढुक्क रहेको विद्यालयका संस्थापक निर्दैशक माधवशरण उपाध्याय ले बताउनु भएको थियो ।
विभिन्न समूहमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आगामि चैतमा विद्यालयमा आयोजना गर्न लागिएको डायमण्ड महोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयका सूचना तथा प्रविधि संयोजक सुमन जिसी ले जानकारी दिनुभएको छ ।
विद्यालयका संस्थापक प्राचार्य यम वहादुर रोकाले स्वागत तथा कार्यक्रमको बारेमा जानकारी दिनुभएको कार्यक्रममा समापन विद्यालयका संस्थापक व्यवस्थापक प्रमुख हरि लामिछानेले गर्नु भएको थियो ।