आजकाे मौसम :-पहाडीभागका केहि स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :-पहाडीभागका केहि स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :-पहाडीभागका केहि स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

आजकाे मौसम :-पहाडीभागका केहि स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • शनिबार, फाल्गुन २८, २०७८
आजकाे मौसम :-पहाडीभागका केहि स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमान्डाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भु-भागका एक वा दुई स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का उच्च हिमाली भु-भागको एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ । आज रातीमा भने  देशभर मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका