काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।
निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गरेको छ । र सोही विवरण शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा आयोगले प्रस्तुत गरेको छ । प्रस्तुत विवरणले मोरङ र झापामा काठमाडौंमा भन्दा बढी मतदाता रहेको देखाएको हो ।