काठमान्डाैँ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने कोरोना भाइरस संक्रमणबाट १ जनाकाे मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनाकाे काेराेनाकाे नमुना परिक्षण भएकाे छ ।