'घरघर जाऔँ कांग्रेसलाई जिताऔँ'अभियानमा रिपोर्ट ल्याएपछि मात्र निर्णय गर्छौं:-प्रकाशमान सिंह • Nepal's Trusted Digital Newspaper'घरघर जाऔँ कांग्रेसलाई जिताऔँ'अभियानमा रिपोर्ट ल्याएपछि मात्र निर्णय गर्छौं:-प्रकाशमान सिंह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘घरघर जाऔँ कांग्रेसलाई जिताऔँ’अभियानमा रिपोर्ट ल्याएपछि मात्र निर्णय गर्छौं:-प्रकाशमान सिंह

‘घरघर जाऔँ कांग्रेसलाई जिताऔँ’अभियानमा रिपोर्ट ल्याएपछि मात्र निर्णय गर्छौं:-प्रकाशमान सिंह

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
‘घरघर जाऔँ कांग्रेसलाई जिताऔँ’अभियानमा रिपोर्ट ल्याएपछि मात्र निर्णय गर्छौं:-प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउनुभएकाे छ ।

काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने  बताउनुभएकाे छ ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उहाँले भन्नुभयाे, ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियानबाट रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’

आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको पनि उहाँले बताउनुभयाे । ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उहाँले भन्नुभयाे ।

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको बताउँदै उहाँले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका