हिजाे घटेकाे सुनकाे मूल्यमा आज फेरी ६ सय रुपैयाँले वृद्धि • Nepal's Trusted Digital Newspaperहिजाे घटेकाे सुनकाे मूल्यमा आज फेरी ६ सय रुपैयाँले वृद्धि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिजाे घटेकाे सुनकाे मूल्यमा आज फेरी ६ सय रुपैयाँले वृद्धि

हिजाे घटेकाे सुनकाे मूल्यमा आज फेरी ६ सय रुपैयाँले वृद्धि

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
हिजाे घटेकाे सुनकाे मूल्यमा आज फेरी ६ सय रुपैयाँले वृद्धि

gold3

नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।

बिहीबार  सुनको मूल्य प्रतितोला तीन हजार ५०० रूपैयाँले घटेर एक लाख दुई हजार कायम भएकाे थियो। आज ६ सय रुपैयाँले सुनकाे मुल्य बढेर एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएकाे छ । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएको छ।

gold4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका