‘गठबन्धन निर्वाचनसम्म सुरक्षित छ, देशलाई कता लैजाने माओवादीकै हातमा छ’ : दाहाल • Nepal's Trusted Digital Newspaper‘गठबन्धन निर्वाचनसम्म सुरक्षित छ, देशलाई कता लैजाने माओवादीकै हातमा छ’ : दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गठबन्धन निर्वाचनसम्म सुरक्षित छ, देशलाई कता लैजाने माओवादीकै हातमा छ’ : दाहाल

‘गठबन्धन निर्वाचनसम्म सुरक्षित छ, देशलाई कता लैजाने माओवादीकै हातमा छ’ : दाहाल

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
‘गठबन्धन निर्वाचनसम्म सुरक्षित छ, देशलाई कता लैजाने माओवादीकै हातमा छ’ : दाहाल

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताउनुभएकाे छ ।

सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उहाँको भनाइ रहेकाे छ । ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,’ उहाँले भन्नुभयाे ।

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचनमा जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ’ अध्यक्ष  प्रचण्डले भन्नुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका