उड्ने तयारीमा रहेकाे सौर्य एयरको जहाजमा प्राविधिक समस्या • Nepal's Trusted Digital Newspaperउड्ने तयारीमा रहेकाे सौर्य एयरको जहाजमा प्राविधिक समस्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उड्ने तयारीमा रहेकाे सौर्य एयरको जहाजमा प्राविधिक समस्या

उड्ने तयारीमा रहेकाे सौर्य एयरको जहाजमा प्राविधिक समस्या

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
उड्ने तयारीमा रहेकाे सौर्य एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिनुभएकाे छ ।

जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उहाँले भन्नुभयाे जहाज पार्किङ क्षेत्रमा फर्काइएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु भने आक्रोशित बनेका थिए ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका