गण्डकी प्रदेश स्तरिय तेक्वान्दो तर्फको १५ खेल सम्पन्न, अन्य खेल जारी • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेश स्तरिय तेक्वान्दो तर्फको १५ खेल सम्पन्न, अन्य खेल जारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेश स्तरिय तेक्वान्दो तर्फको १५ खेल सम्पन्न, अन्य खेल जारी

गण्डकी प्रदेश स्तरिय तेक्वान्दो तर्फको १५ खेल सम्पन्न, अन्य खेल जारी

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
गण्डकी प्रदेश स्तरिय तेक्वान्दो तर्फको १५ खेल सम्पन्न, अन्य खेल जारी

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २९ फागुन । पोखरामा जारी गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको पुरुष र महिला तर्फको १५ वटा खेल सम्पन्न भएका छन् । २६ खेल अन्तर्गत पुरुष महिला जुनियर र सिनियर गरी ११ खेल बााकी रहेका छन् । यहाँ बाट छनोट भएका खेलाडीहरुले राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिन पाउने छन् । विहिबारको छनोट खेलमा पुरुष ५४ के.जि. समुह तर्फ कास्कीका मन्दिप सुनार प्रथम हुनुभएकाे छ भने बाग्लुङ्गका सुजन रसायली द्धितिय हुनुभएकाे छ ।  त्यसै गरि म्याग्दीका प्रमोद परियार र नवलपुरका सिजन भण्डारी तेस्रो हुनुभएकाे छ।

६३ के.जि. समुह तर्फ प्रकास माझि पर्वत प्रथम हुनुभएकाे छ , भने नवलपुरका सुनिल महतो दोस्रो हुनुभएकाे छ । त्यसैगरि कास्कीका कबिन्द्र ढुङ्गाना र बाग्लुङ्गका दिपेन्द्र गुरुङ्ग तेस्रो हुनुभएकाे छ । ७४ के.जि. समुह तर्फ क्रिपेस शर्मा म्याग्दी, दिपेन सुनार कास्की क्रमश प्रथम र द्धितिय हुनुभएकाे छ, भने पर्वतका ईश्वर नेपाली र बाग्लुङ्गका शिव वि.क. तेस्रो हुनुभएकाे छ ।

५८ के.जि. मा सुजन कडेल पर्वत र कनक प्रधान म्याग्दी दोस्रो हुनुभएकाे छ । संगम परियार तनहुँ र सुजन रसायली बाग्लुङ्ग तेस्रो हुनुभएकाे छ। ६८ के.जि. तौल समुहमा हेमन्त गुरुङ्ग कास्की र दिलिप वि.क. फाइनलमा प्रवेश गर्नुभएकाे छ । उहाँहरुको खेल आज हुदैँछ । सोही समुह अन्तर्गत मयाग्दीका मिलन घिमिरे र पर्वतका गणेश नेपाली तेस्रो हुनुभएकाे छ ।

८० के.जि. तर्फ साकिल लामगाडे कास्की प्रथम र शंकर पौडेल पर्वत दोस्रो हुनुभएकाे छ, भने म्याग्दीका राजकुमार परियार तेस्रो हुनुभएकाे छ । महिला तर्फ ४६ के.जि. समुहमा ईशा गर्वुजा म्याग्दी प्रथम र प्रेम कुमारी दर्जी दोस्रो हुनुभएकाे छ, भने उञ्जल अधिकारी कास्की तेस्रो हुनुभएकाे छ ।

४९ के.जि. तौल समुह अन्तर्गत कास्कीका सरीता बयलकोटी प्रथम र नवलपुरका महिमा महतो दोस्रो हुनुभएकाे छ । त्यसैगरि तेस्रो हुनेमा सोनिका थापा मगर गोरखा र स्वयता शाक्य म्याग्दी रहेका छन् । ५३ के जि तौल समुह तर्फ रश्मी श्रेष्ठ म्याग्दी प्रथम र मोनालिसा मल्ल कास्की दोस्रो हुनुभएकाे छ, भने अमिसा थापा बाग्लुङ्ग र विष्णु गुरुङ्ग गोरखा तेस्रो हुनुभएकाे छ ।

५७ के.जि. तौल समुह अन्तर्गत अञ्जना परियार कास्की र सोनिया माझि पर्वत दोस्रो हुनुभएकाे छ । तेस्रोमा दिपिका पाइजा म्याग्दी र समृती वि.क. गोरखा रहनुभएकाे छ । ६२ के.जी. अन्तर्गत पार्वती श्रेष्ठ कास्की र सोमा बुढा मगर म्याग्दी प्रथम र दोस्रो हुनुभएकाे छ भने रजनी परियार पर्वत तेस्रो हुनुभएकाे छ ।

६७ के.जि. तर्फ म्याग्दीकी सुस्मीता दर्जी म्याग्दी प्रथम र पर्वतकी स्मृती नेपाली पर्वत र बाग्लुङ्गकी ममता खड्का तेस्रो हुनुभएकाे छ । अन्य खेलहरु जारी रहेका छन भने आज २७ गते  दिनको १ः३० बजे समापन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका