आजकाे मौसम:-आंशिक बदलीसँगै केहि स्थानमा मेघगर्जन, चट्टयाङ्ग र वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम:-आंशिक बदलीसँगै केहि स्थानमा मेघगर्जन, चट्टयाङ्ग र वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम:-आंशिक बदलीसँगै केहि स्थानमा मेघगर्जन, चट्टयाङ्ग र वर्षाको सम्भावना

आजकाे मौसम:-आंशिक बदलीसँगै केहि स्थानमा मेघगर्जन, चट्टयाङ्ग र वर्षाको सम्भावना

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
आजकाे मौसम:-आंशिक बदलीसँगै केहि स्थानमा मेघगर्जन, चट्टयाङ्ग र वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भु-भागमा मौसम सामान्यता सफा रहने छ।

देशको पहाडी भु-भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च हिमालीको भु-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज रातीमा भने  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका