संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकाे सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ। दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समिक्षा योन्जन र उहाँका छोरा ८ वर्षीय सुदिप घिसिङ, मादी–२ इन्द्र अधिकारी, मादी–६ की ३० वर्षीया सिता विक रहनुभएकाे छ। सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी ५ वर्षीया दिक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानी प्रसाद दाहालको मृत्यु भएको छ।
त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुम फाक्चामाराका सवारी धनी तथा चालक विपिन निरौलाको मृत्यु भएको डिएपी सुवेदीले बताउनुभयाे। १४ जनाकै घटना स्थलमा नै मृत्यु भएको थियो। साथै उपचारको लागि हेलिकप्टरबाट धरान ल्याइएकी मादी नगरपालिका ५ की ३० वर्षीया युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ ।