कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्रत्यारोपण भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उहाँको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । होस आउन भने केही समय लाग्ने उहाँले बताउनुभयाे । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियामार्फत उहाँलाई एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।
पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिनुभएकाे हाे। प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ। हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आउनुभएकी पल्पसाको पाँच वर्षअघि देखि मिर्गौलामा समस्या देखिएको थियो।
हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किनुभएकाे थियाे ।