संखुवासभा दुर्घटना अपडेट :- बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते • Nepal's Trusted Digital Newspaperसंखुवासभा दुर्घटना अपडेट :- बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संखुवासभा दुर्घटना अपडेट :- बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते

संखुवासभा दुर्घटना अपडेट :- बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
संखुवासभा दुर्घटना अपडेट :- बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ५ जना घाइते
photo source : - gorkhapatraonline

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले बताउनुभएकाे छ । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ ‘मृतकको सनाखत भएको छैन’, डिएसपी सुवेदीले भन्नुभयाे ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं।६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताउनुभएकाे छ । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उहाँले बताउनुभयाे ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका