सुनको मूल्यमा भारी गिरावट • Nepal's Trusted Digital Newspaperसुनको मूल्यमा भारी गिरावट • Nepal's Trusted Digital Newspaper

सुनको मूल्यमा भारी गिरावट

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका