मिर्गौला रोग के हो?
प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।
मिर्गौला बिग्रिने कारण
– उच्च रक्तचाप,
– मधुमेह,
– मिर्गौलामा हुने नेफ्राइटिस,
– मिर्गौलामा संक्रमण भएमा,
– मिर्गौलामा पत्थरी भएमा,
– प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा,
– पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा,
– जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला विग्रिने समस्या हुनसक्छ।
मिर्गौला स्वस्थ्य छ वा छैन कसरी थाहा पाउने?
पिसावमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धि रोग लागेको हुनसक्छ। त्यसैले पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ।
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ,छैन। पत्थरी वा फोका आएको छ वा छैन। शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ।
त्यसैले वर्षमा एकपटक परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ।
मिर्गौला बिग्रन नदिन के गर्ने?
– बिहान उठ्ने वित्तिकै पानी पीउने,
– एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्छ,
– हरेक दिन १० हजार पाइला हिड्नुपर्छ,
– समयमा सुत्ने बानी गर्नुपर्छ,
– बिहान समयमै उठ्ने बानी गर्नुपर्छ,
– धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने,
– मासु धेरै नखाने,
– उमेर बढ्दै गएपछि मासु नखाने,
– उमेर बढ्दै गएपछि दुध, दहि कम खाने,
– मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने,
– दाल, भात, तरकारी तथा सागसब्जी खाने,
– खाना खाने तथा खाजा खाने समयको रुटिङ हुनुपर्छ,
– परिवारमा कसैलाई मिर्गौला सम्बन्धि रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ,
– आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ।
source:-swasthyakhabar