फिल्म ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ रोमान्टिक गीतमा बिक्रम र दीपीकाको केमेष्ट्रि • Nepal's Trusted Digital Newspaperफिल्म ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ रोमान्टिक गीतमा बिक्रम र दीपीकाको केमेष्ट्रि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिल्म ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ रोमान्टिक गीतमा बिक्रम र दीपीकाको केमेष्ट्रि

फिल्म ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ रोमान्टिक गीतमा बिक्रम र दीपीकाको केमेष्ट्रि

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
फिल्म ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ रोमान्टिक गीतमा बिक्रम र दीपीकाको केमेष्ट्रि

काठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत रहेकाे छ ।

बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर रहेकाे छ ।

युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय रहेकाे छ ।

सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्री सबिता गुरुङ हुनुहुन्छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मससँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷संवाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिच्नुभएकाे  हाे । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुनुहुन्छ । आरआर फिल्मसले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका