आजकाे मौसम:-पहाडी भु-भाग केहि स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम:-पहाडी भु-भाग केहि स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम:-पहाडी भु-भाग केहि स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

आजकाे मौसम:-पहाडी भु-भाग केहि स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
आजकाे मौसम:-पहाडी भु-भाग केहि स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भु-भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन ,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज रातिमा देशको पहाडी तथा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका