राप्रपा थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गर्याे यस्ता निर्णय • Nepal's Trusted Digital Newspaperराप्रपा थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गर्याे यस्ता निर्णय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गर्याे यस्ता निर्णय

राप्रपा थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गर्याे यस्ता निर्णय

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
राप्रपा थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गर्याे यस्ता निर्णय

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केहि यस्ता निर्णयहरु गरेकाे छ । निर्णयहरु रहेका छन्
देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ गाँउ तथा नगरपालिकाहरुमा राप्रपा नेपालको ईकाई समिति, भातृ संगठनहरुको संगठन विस्तार तथा सुदृढीकरण तीन महिना भित्र सम्पन्न गर्ने , राप्रपा नेपालको सिद्धान्त र नीति वारे विभिन्न पेशा, समुदाय, वर्ग तथा आमजनतालाई जानकारी गराउने एवं पार्टीप्रति जनताको विश्वास अभिवृद्धि गर्ने उद्धेश्यका साथ ”जनताको माझमा राप्रपा नेपाल” अभियान अन्तर्गत सातै प्रदेश राजधानीहरुमा अन्तरक्रियात्मक भेला २०७८ चैत्र महिनाभित्र आयोजना गर्ने , काठमान्डाैँ उपत्यकामा हुने अन्तरक्रिया कार्यक्रमको लागि उपाध्यक्ष उद्धव पौडेललाई जिम्मेवारी दिईएको छ ।

स्थानीय तहहरुमा घरदैलो कार्यक्रम २०७८ चैत्र महिनाभित्र संचालन गर्ने, कार्यसमिति गठन भइसकेका जिल्लाहरुमा कार्यसमिति गठन भएको २१ दिन भित्र अनिवार्य रुपले जिल्ला स्तरीय भेला आयोजना गर्ने, आगामी स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै प्राथमिकता प्राप्त गाँउ तथा नगरपालिकाहरु, केन्द्रीय कार्यसमिति घोषणा भइसकेका भातृसंगठनका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र जिल्ला कार्यसमिति गठन भइसकेका जिल्लाहरुमा २०७८ चैत्र महिना भित्र प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

बैठकले पदाधिकारीहरु तथा सदस्यको कार्य विभाजन पनि गरेको छ ।  अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा
आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल,  नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. बिष्णु भण्डारी,  सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा,  प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ,  कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री ईन्द्र चित्रकार,  संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौैला,  प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य
महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई,  सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का रहनुभएकाे छ ।

CamScanner 03 09 2022 16.56 2 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका