१६ वर्षअघि एक हत्या घटनामा फरार अभियुक्त पक्राउ • Nepal's Trusted Digital Newspaper१६ वर्षअघि एक हत्या घटनामा फरार अभियुक्त पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १६ वर्षअघि एक हत्या घटनामा फरार अभियुक्त पक्राउ

१६ वर्षअघि एक हत्या घटनामा फरार अभियुक्त पक्राउ

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
१६ वर्षअघि एक हत्या घटनामा फरार अभियुक्त पक्राउ

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २६ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङ पक्राउ परेका हुन् ।gurung
गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयाे । पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका