''काँग्रेसको बुढो रूख बचाउन आयोग मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ'':-ओली • Nepal's Trusted Digital Newspaper''काँग्रेसको बुढो रूख बचाउन आयोग मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ'':-ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”काँग्रेसको बुढो रूख बचाउन आयोग मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ”:-ओली

”काँग्रेसको बुढो रूख बचाउन आयोग मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ”:-ओली

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
”काँग्रेसको बुढो रूख बचाउन आयोग मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ”:-ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभएकाे छ ।

बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उहाँले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताउनुभयाे। मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै अध्यक्ष केपी ओलीले भन्नुभयाे, ‘ काँग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’

निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । केपी ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गर्नुभएकाे थियाे ।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिनुभएकाे छ । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उहाँले भन्नुभयाे ।

नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको केपी ओलीले टिप्पणी गर्नुभयाे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उहाँको दावी छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका