काठमान्डाैँ । पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने कोरोना भाइरस संक्रमणबाट आज कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५६ जना गरी २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ६५२ जना संक्रिय संक्रमित रहेका छन् ।