गुल्मीमा दुई छोरी जन्माउने दम्पतीलाई सम्मान • Nepal's Trusted Digital Newspaperगुल्मीमा दुई छोरी जन्माउने दम्पतीलाई सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गुल्मीमा दुई छोरी जन्माउने दम्पतीलाई सम्मान

गुल्मीमा दुई छोरी जन्माउने दम्पतीलाई सम्मान

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
गुल्मीमा दुई छोरी जन्माउने दम्पतीलाई सम्मान

गुल्मीको चन्द्रकोट गाउँपालिकाले दुई छोरी जन्माउने दम्पतीलाई सम्मान गरेको छ। मंगलबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर उक्त दम्पतीलाई सम्मान गरिएकाे हो।

दुई सन्तानको रुपमा छोरी जन्माएका आमा बुवालाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यम कुमारी रानाले जानकारी दिनुभयाे। छोरी र छोरा बराबरी हुन् भन्ने सोंचको विकास गर्न काे लागि दुई छोरी जन्माउने दम्पतीलाईलाई सम्मान गरिएको रानाको भनाई रहेकाे छ।

उहाँका अनुसार गाउँपालिका भरका २८ जना दम्पतीलाई उक्त कार्यक्रमका बीच सम्मान गरिएको हो। सम्मानपछि दुई छोरी मात्र जन्माएका बुवाआमा खुसी भएका छन्। सोही गाउँपालिकाका युवराज केसीले दुई छोरी जन्माएको भन्दै गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभएकाे छ।

सोही अवसरमा गाउँपालिकाले “महिला सशक्तीकरणमा गाउँपालिकाको भूमिका”विषयमा खुला वक्तित्वकला कार्यक्रमको समेत आयोजना गरेको थियो। महिला बालवालिका तथा जेष्ठ नागरिक कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको उक्त कार्यक्रममा एक लाख पचाँस हजार रुपैंया खर्च भएको गाउँपालिकाले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका