एसईईमा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने • Nepal's Trusted Digital Newspaperएसईईमा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एसईईमा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने

एसईईमा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
एसईईमा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने

काठमाडौं । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो  भने, अब उमेर हद नलाग्ने भएकाे हाे।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भन्नुभयाे ‘अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ अब कक्षा १० मा लागु हुँदैन ।’

एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत : अधिकार राष्ट्रिय परीक्षा बोर्डलाई भएकोले परीक्षा बोर्डले निर्णय गर्ने प्रवक्ता दिपक शर्माले बताउनुभएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका