कास्कीको रुपामा गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न • Nepal's Trusted Digital Newspaperकास्कीको रुपामा गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीको रुपामा गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न

कास्कीको रुपामा गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
कास्कीको रुपामा गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न

पाेखरा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ
प्रतियोगिताको सम्पन्न गरेकाे छ । महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय, भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुह सान्त्वना भएका थिए ।

nfri pkr

कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेकाे थियाे , भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैँयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्फत निर्णायक तहमा पुग्नुपर्ने बताउनुभयो ।

संवैधानिक अधिकार मागेर होईन खोसेर लिनु पर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।

आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिंदै उपसभामुख शर्माले भन्नुभयो, पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसाको अन्त्यका  लागि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

“सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” नारा सहित आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले पाँच बर्षको अवधिमा पालिकाको खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिभिन्न क्षेत्रको विकासमा जोडदिँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा रुपा वडा नं. १ का वडाअध्यक्ष दिपककुमार आले, २ का कार्यवाहक वडाअध्यक्ष गिता रुपाखेतीले अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिताले आमाहरुमा उत्साह थप्नुका साथै ज्ञानबर्दक भएको विचार व्यक्त गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका